पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको ब्याजदर घटाउन सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए घट्नसक्ने बताउनु भयो । उहाँले निक्षेपकर्तालाई बैंकले दिएको ब्याज बढी भए कम गरेर जान सक्नुपर्ने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा उत्पन्न भएको अर्थतन्त्र संकटमा गएको अवस्थामा न्युनतम नाफा लिएर काम गर्नसके केही सहजता आउन सक्ने बताउनु भयो । उहाँले अब एकले अर्कोलाई दोष लगाउने भन्दा पनि राष्ट्र बैंक, नेपाल सरकार,नीति क्षेत्र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।
अर्थमन्त्री डा. महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष गोल्यानले नेपालको कुनैपनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज वहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताउनु भयो ।
उहाँले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताउनु भयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको बताउनु भयो । उहाँले व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताउनु भयो ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023