नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ

प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।

By रासस नेपाल | May 09, 2023 | 0 Comments

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

By रासस नेपाल | May 10, 2023 | 0 Comments

नक्कली विज्ञापन गरी ठगी

उनले यसरी झुक्यानमा पारी अर्डरबमोजिमको मोबाइल उपलब्ध नगराई १५ जनाबाट रु चार लाख ८५ हजार ठगी गरेको उजुरी परेको थियो ।

By रासस नेपाल | May 10, 2023 | 0 Comments

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई पनि कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।

By रासस नेपाल | May 11, 2023 | 0 Comments

नक्कली मह नष्ट

रुकुम (पूर्व) मा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । रुकुम(पूर्व) को भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको हो ।

By युनिबिग न्युज | May 22, 2023 | 0 Comments

प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ

भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ ।

By रासस नेपाल | May 22, 2023 | 0 Comments

शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

By रासस नेपाल | May 22, 2023 | 0 Comments

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु

हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

By रासस नेपाल | June 04, 2023 | 0 Comments

भक्तपुरमा १५ लाख नक्कली नोट बरामद

प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट रु १५ लाख नेपाली नक्कली नोट बरामद गरेको हो ।

By रासस नेपाल | August 11, 2023 | 0 Comments

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

By रासस नेपाल | August 11, 2023 | 0 Comments

Trending Post