पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडाँै कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ ।
आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् ।
डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023