चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिनुभएको छ ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो ।
वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९÷८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो ।
नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पु¥याएको हो ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् ।
चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।
माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो ।
चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023