नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताउनुभएको छ । अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैयाँ प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुने समेत स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँ बाहेक सबै अरुको केही दोष छैन, अलमलमा उहाँ दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ । उहाँले जे भन्यो त्यही हुन्छ । विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ ।
अध्यक्ष ओलीले सांसदहरुले आफूले रुचाएको समितिमा आफूले योगदान दिनेगरी छानेर संसदीय समितिमा सहभागी हुन आग्रह गर्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
तापक्रमको हिसावले, बसाईको हिसावले नेपाल स्वर्ग हो । कामको हिसावमा हामी विदेशमा जानुपरेको छ । जाने बाध्यता हुन्छ । परिस्थिति हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं । स्वदेश फर्किंदा केही ज्ञान, केही सीप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं ।
हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ, दोस्रो अफ्ठ्यारो प¥यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनु हुँदैन ।
यो कुनै गोप्य साउती गर्नुपर्ने कुरा हो ? हाम्रो देशको भूमि खुम्चिएको छ । हाम्रो नक्शा अलि भित्रसम्म आउने स्थिति बनेको छ । अझ खुम्चिएको छ भने यो कुरा कानमा साउती गरेर खुसुखुसु गर्ने विषय हो र ? यो सार्वजनिक रुपमा छलफल गर्ने विषय होइन ? नेपाली जनतालाई जानकारी गराउनुपर्ने विषय होइन ? र हाम्रा मित्रहरुबाट गल्ती भएको छ भनेपनि तपाईबाट यो गल्ती भयो, यो सच्याउनुस् भन्ने कुरा होइन र ? खुलस्त । अनि मिच्दाखेरी चाहीँ खुलेआम मिच्नु हुने, मिच्यो भन्न चाहीँ नपाइने अनि त्यो चाहीँ कानमा भन्नुपर्ने ? यस्तो पनि हुन्छ । यो त हेर्नु नै छ । उहाँको भ्रमण त हेर्नु नै छ ।’
दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उहाँले इमान नभएकाहरुसँग एकता गर्न नहुने पनि अध्यक्ष ओलीले बताउनु भयो । यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उहाँले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दावी समेत गर्नु भयो ।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा जानुभएको हो ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023