आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ । हामी व्यापार घाटामा खर्बौं रपैयाँ घाटामा जाने गर्दछौँ । हाम्रो आफ्नो उत्पादन हामी वृद्धि गर्न सक्दैनौँ । विदेशी उत्पादन प्रयोग गर्छौं तर सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ ।