उहाँले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरु व्यवस्थित हुँदै गरेको बताउनु भयो । त्यस्तै किसानको समस्या समाधान गर्न दुध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताउनु भयो । उहाँले सरकारले समयमै पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेको पनि उहाँले बताउनु भयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानून निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको सोमवार (भोलि) सय दिन पुग्दैछ । प्रधानमन्त्री दाहाल पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो भने पुष ११ गते पद तथा गोपनियताको शपथ लिँदै पहिलो पटक मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानून निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भयो । उहाँले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरु व्यवस्थित हुँदै गरेको बताउनु भयो । त्यस्तै किसानको समस्या समाधान गर्न दुध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताउनु भयो । उहाँले सरकारले समयमै पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेको पनि उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मुलतः कानून निर्माणको क्षेत्रमा, सेवा प्रवाहको क्षेत्रमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ सय दिनको अवधिमा । सेवा प्रवाहको क्षेत्रमा हेर्दाखेरी भीडभाड हुने ठाउँहरुमा सरकारले क्यू सिस्टम हटाउने भनेको थियो । क्यू सिस्टम धेरै व्यवस्थित हुँदै गएको छ । र यो छोटो समयमा त्यो पूर्ण रुपमा व्यवस्थित भएर जानेछ । अर्कोकुरा अर्थतन्त्रमा जुनखालको डामाडोलको स्थिति थियो, यसको वाह्य स्वरुप सुधार भएको छ । किसानका समस्यासँग सम्बन्धित भएर दुधको मूल्यदेखि लिएर गहुँको समर्थन मुल्य तोक्ने लगायतका विषयहरु जतिपनि छन् । ति विषयहरुलाई पनि सरकारले समयमै सम्बोधन गरेको छ । पाठ्यपुस्तक समयमै पु¥याउने गरी सरकारको तयारी छ । मिटरब्याजसँग सम्बन्धित विषय जुन छ, कानूनतः यसलाई अपराध घोषणा गर्दै कानूनी दायरामा ल्याउनको निम्ति अपराध संहिता २०७४ लाई संशोधन गरेर जाने भनेर प्रक्रिया पनि अगाडी बढेको छ । यो समाधान गर्नका निम्ति गृहमन्त्रालय अन्तर्गत आयोग बनेको छ । सेवा प्रवाह र कानून निर्माणको सन्दर्भमा महत्वपूर्ण खुट्किलाहरु पारित हुँदैछन् ।’
त्यस्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको टिप्पणी गर्नुभयो । उहाँले पछिल्लो समय प्रधानमन्त्रीले सरकार पुर्नगठन गरेसँगै सरकारले गति लिने अवस्था बनेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो गठबन्धनको अवस्था भनेको आफैँमा विशेष अवस्था हो । अहिले जुन हिसावले नेपालको राजनीति बढो तरल छ । त्यो अवस्थाभित्र सय दिन बित्ने कुरालाई कुनै अनौठो मान्नु जरुरी छैन । तर अब एकचोटी यो सरकार गठन गर्ने कुरा पुनर्गठन गर्ने काम भइसकेपछि अब यसले गति लिने अवस्था छ । र अनुभवपनि प्राप्त गर्नुभएका व्यक्ति हुनुहुन्छ प्रधानमन्त्री । मुलुक चलाउने अनुभव प्राप्त गरेका पार्टीहरुपनि यसमा सहभागि छन् । सबैको सहयोगमा यो सरकार अगाडी बढ्छ ।’
उहाँले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने पनि स्पष्ट पार्नुभयो ।
नेपाली काँग्रेसका सह–महामन्त्री जीवन परियारले सरकारको सय दिन राजनीतिक रुपमा अस्तव्यस्त रहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले ‘डेलिभरीका कामहरु’ प्रारम्भ गरेको भन्दै आगामी दिनमा ति कामहरुले गति पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारलाई अब कुनै रोकतोक नहुने भन्दै सरकारले गति लिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो पार्टी भर्खरै मात्र सरकारमा सहभागि भएको दल हो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भएको सय दिन पुग्न आँट्यो । यसको बारेमा आधिकारिक धारणा प्रधानमन्त्रीज्युले नै दिनुहुन्छ भन्ने लाग्छ मलाई । यो सय दिनका बारेमा नेपाली जनताहरु सबैले बुझेकै छन् । विभिन्न समयमा विभिन्न व्यक्तिहरु सरकारमा पुग्नुभएको अवस्था छ । त्यसैले यो सय दिन राजनीतिक रुपमा भन्ने हो भने अस्तव्यस्त ढंगले बितेको छ । र सरकारले दिनुपर्ने डेलिभरीका कामहरुका बारेमा प्रारम्भ गर्नुभएको छ, प्रचण्डले यसपालि केही गर्छु भनेर भन्नु पनि भएको छ । मलाई विश्वास छ, सयदिन भित्र प्रारम्भ भएका कामहरुलाई गति दिने काम अब हुन्छ भन्ने कुरामा म विश्वस्त छ । अहिलेको सरकारलाई अब अट्ने कुनैपनि कुराले रोकतोक भयो अथवा हामीलाई अपm्ठ्यारो भयो भन्ने ठाउँ चाहीँ छैन अब । अब यो सरकारले गति लिनुपर्छ । गतिका साथ यो सरकार अगाडी बढ्नुपर्छ । त्यसो भयो भने मात्रै हामीले जनतासँग गरेको वाचा पूरा हुन्छ । अन्यथा जनताले हामीलाई प्रश्न गर्छन् ।’
नेकपा(एमाले)का सचिव छविलाल विश्वकर्माले सरकारले कुनैपनि काममा सकारात्मक पहलकदमी लिन नसकेको बताउनु भयो । उहाँले एमाले सरकारमा रहँदा अर्थतन्त्रमा आशा जागेको भन्दै गठबन्धन परिवर्तन भएसँगै सो आशा निराशामा परिणत भएको बताउनु भयो । उहाँले देशको परिस्थिति गम्भिर रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘समस्या चाङ लागेका छन् । सम्बोधनका निम्ति कुनै पहलकदमी देखिएको छैन । यो खालको परिस्थिति हेर्दाखेरी जुनसुकै क्षेत्रलाई हेरे पनि उल्लेखनीय हिसावले यति सकारात्मक पहलकदमी भयो नि भन्ने सकिने कुनै विषय, कुनै ठाउँ नै रहेन । बडो निराशाजनक छ । आम जनताको जस्तो खालको उत्साह हुनुपर्ने हो, त्यो खालको परिस्थिति देखिएन । निराशा बढ्दै गएको छ । हामी रहुञ्जेल देशको राष्ट्रिय अर्थतन्त्र जस्तो थियो, कमसेकम आशा जागेको थियो । परिस्थिति सम्हालिन्छ भन्ने विश्वास जागेको थियो । त्यसपछि राजनीतिमा जब विश्वासको संकट आयो । प्रधानमन्त्रीजीले जे जस्ता कदम चाल्नुभयो त्यसपछि जागेको आशा फेरी निराशामा परिणत भएको छ । परिस्थिति ज्यादै गम्भिर देख्छु मैले । सरकारले आफुलाई सम्हालेर देश, जनता र हाम्रो राष्ट्रियताको संरक्षण गर्ने, जर्गेना गर्ने विषयमा यथोचित ध्यान नपु¥याइ हुँदैन ।’
त्यस्तै नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सय दिनमा सरकारले धेरै राम्रा निर्णय गरेको बताउनु भयो । उहाँले सरकारले गरेका निर्णयहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मिटरब्याजीहरुलाई एक महिनाभित्रैमा कारबाही गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले रोकिएका ऐनहरु छिटोभन्दा छिटो ल्याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मिटरब्याजीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । त्यसलाई सरकारले लामो समय होइन छोटो समयमा छानविन गर्ने कुरा पनि लामो नगरेर एक महिनाभित्र सबैलाई कारबाही गरेर जनतालाई आश्वस्त बनाउनुपर्छ । सय दिनमा सरकारले धेरै राम्रा निर्णयहरु गरेको छ । ति निर्णयहरु मात्रैले हुँदैन कार्यान्वयन गर्नुपर्छ । सय दिन भएपनि फेरि दुई दिन भएको छ । त्यसकारणले कहाँनेरको समय गन्ने भन्ने समस्या छ । औपचारिक रुपले त सय दिन भयो । फेरिपनि त्यसले पूर्णता पाउने प्रक्रियामा थोरै दिनमात्र भएको हुनाले हिजो सरकारले सय दिनको बीचमा गरेका निर्णयहरुलाई कार्यान्वयनमा ल्याउनुपर्छ । थुप्रै ऐनहरु ल्याउन बाँकी छ, निजामती कर्मचारी सम्बन्धी ऐन, नागरिकता सम्बन्धी ऐन, प्रहरी समायोजन लगायतका विषयहरु छन् । यि तमाम विषयहरु छिटो ल्याएर पास गरेर प्रक्रियालाई, प्रणालीलाई गतिशिल बनाउनुपर्छ । बजेट रोकिएका छन् विभिन्न ठाउँमा कार्यान्वयन भएका छैनन् । कार्यान्वयन गर्ने र नयाँ बजेट निर्माण गर्ने कुरामा पनि त्यही ढंगले लाग्नुपर्छ ।’
त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रीत भएको प्रतिक्रिया दिनुभयो । उहाँले सरकारमा चुनाव अघिको गठबन्धन ब्युँतिएसँगै संविधानको रक्षा हुने विश्वास बनेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सय दिन भित्रै सत्ता घटक फेरिएको छ । यो आफैँमा अचम्म लाग्दो अनौठो विषय हो । सरकारले यो बीचमा कुनै ठोस काम भन्दापनि गठबन्धन निर्माण गर्नमा बढी केन्द्रित भए । त्यसैले अहिले नै यो सरकारलाई ठ्याक्कै यो यो काम ग¥यो भनेर यो आधारमा धारणा निर्माण गर्न त कठिन हुन्छ । यो सरकार चुनावभन्दा अगाडीको गठबन्धन जुन थियो । त्यो गठबन्धन फेरि निर्माण भएको छ । यो सरकार संविधानप्रति प्रतिवद्धता, संविधानमा तलमाथि हुँदैन भन्ने एउटा विश्वास बनेको छ । आर्थिक संकट र सुशासनको सवालमा मान्छेलाई चिन्ता लागेको छ । प्रधानमन्त्रीले भविष्यमा म राम्रो गर्छु भनेर प्रतिवद्धता जायर गर्नुभएको छ, यो सरकारबाट धेरै आशा गरिएको छ । आशा अनुकुल काम गरोस् भन्ने हाम्रो चाहना छ । हामी पनि सत्ता घटककै प्रतिनिधि हौँ । सरकारले नेपाली जनताको भावना अनुरुप काम गर्न सकोस् भन्ने हाम्रो जोडबल रहन्छ ।’
उहाँले सरकारले आगामी दिनमा जनताको भावना अनुरुप काम गर्न सक्नुपर्ने बताउनु भयो ।
कमेन्टस् 0