‘जब हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौँ, हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ । हामी यस्तो ट्रेनमा गइसक्यौँ, विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ । हाम्रो चालु खर्च तलव, भत्ता, पेन्सनहरु दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हिजो साँझ सम्मको देशको आर्थिक तथ्यांक हेर्दा यो मुलुक यो आर्थिक वर्षमा करिव २ सय अर्व घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ।’