सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ ।
सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ ।
सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेसलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उहाँले बजेट विनियोजन सन्तुलित रुपमा नभएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो,“ बजेटले महिला र मधेसलाई विभेद तथा उपेक्षा गरेको छ । मन्त्री र प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, मधेशसँग के रिस उठेको हो ? मधेशलाई किन उपेक्षा र विभेद गरिएको हो ?”
छलफलमा भाग लिँदै सांसद भानुभक्त जोशीले बजेटको विनियोजन आवश्यकता आधारमा भन्दा पनि पहुँचका आधारमा बजेट विनियोजन गरिएकाले सच्चाउनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट वक्तव्य अनुसार वन तथा वातावरण मन्त्रालयका लागि बजेट विनियोजन नभएको बताउनुभयो ।
“ बझाङ जिल्लाको विभिन्न स्थानमा पहिरो नियन्त्रण र वृक्षरोपणका तथा जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि मन्त्रालय र विभागमा निवेदन दिएको थिए । तर दुई वटा सिँचाइ कुलो, सुविद्यासम्पन्न शौचालय र प्रतिक्षालयमा केही रकम विनियोजन गरिएको रहेछ”, उहाँले भन्नुभयो, “कस्को सुझावमा आउछ बजेट ? यस्तो बजेटलाई कसरी समर्थन गर्ने ?”
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0