सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताउनु भयो । उहाँले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो ।
सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताउनु भयो । उहाँले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताउनु भयो । उहाँले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो । त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टीम’ लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टीम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘म निवेदन गर्न चाहन्छु, त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानविन गर्नुपर्दैन ? त्यसकारणले गर्दाखेरी यसको छानबिनका लागि आज यो संसदभित्रको एउटा प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा, भ्रष्टाचारको सन्दर्भमा, कमिशनको सन्दर्भमा यो संसद चुप लागेर बस्नु हुँदैन । त्यसकारणले आजैको दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु ।’
त्यस्तै सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यसमा ठूलै नेताहरुको पनि नाम जोडिएर सञ्चार माध्यममा आइपुगेको छ । अनि ठूलालाई चैन सानालाई ऐन हुन्छ कि ? होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिएपनि गृहप्रशासन काँप्नु हुँदैन । गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जतिसुकै ठूलो नेता भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ । कानूनको कठघरामा उभ्याउनै पर्छ ।’
सो प्रकरणमा ठूला नेताहरुको नाम जोडिएको उल्लेख गर्दै उहाँले जति ठूला नेताको नाम जोडिएपनि कानूनी कठघरामा ल्याउनुपर्ने बताउनु भयो ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0