आज सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी लगायतका राष्ट्रिय राजनीतिका प्रभावशाली कम्युनिस्ट एवं वामपन्थी शक्तिको संयुक्त साझा मोर्चा घोषणा हुँदैछ, जसलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ ।