बैंक तथा वित्तिय संस्थाको सुरक्षाको सन्दर्भमा नेपालका वित्तीय संस्थाहरु र वित्तिय क्षेत्र सुरक्षित छ । सानो तिनो धक्काले कतै अफ्ठ्यारो पर्ने अवस्था देख्दैनौं । राष्ट्र बैंकको नीति प्रयोगको कारण यो अवस्था आएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको सिथिलता समेतलाई हेर्दा हामी अहिलेको अवस्थाले आगामी दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ ।