करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लाग्नुभएका उहाँ यही पेसामा रमाउनुभएको छ । हालसम्म व्यावसायिक गाईपालनका लागि रु १५ लाख बढी लगानी गरिसकेको उहाँको भनाइ छ । पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उहाँले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेतीसमेत गर्दै आउनुभएको छ ।