कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गर्दै प्रतियोतिगा अघि मनोबल बटुलेको हो । मंगलवारबाट मुलपानी र कीर्तिपुर मैदानमा १० टोलीले एसिसि प्रिमियर कप खेल्दैछन् । सोही प्रतियोगिताका लागि नेपालले अभ्यास खेल खेलेको हो । ओमानले निर्धारित ५० ओभरमा खेल्दै नेपाल सामु प्रश्तुत गरेका २ सय ४७ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
एसिसि प्रिमियर कपअघि आयोजना भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गर्दै प्रतियोतिगा अघि मनोबल बटुलेको हो । मंगलवारबाट मुलपानी र कीर्तिपुर मैदानमा १० टोलीले एसिसि प्रिमियर कप खेल्दैछन् । सोही प्रतियोगिताका लागि नेपालले अभ्यास खेल खेलेको हो । ओमानले निर्धारित ५० ओभरमा खेल्दै नेपाल सामु प्रश्तुत गरेका २ सय ४७ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
ओमानले दिएको लक्ष्य भेटाउँदै जित निकाल्न अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी निकै महत्वपूर्ण रह्यो । ओपनर साउदले ६७ तथा कप्तान रोहितकुमार पौडेलले ५८ रन बनाउने क्रममा रिटायर्ट हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भएका थिए । कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिए पनि ८ रन भन्दा जोड्न सकेनन् । नेपालका लागि ओपनरका रुपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भएका थिए । नेपालको पाँच विकेट निकाल्ने क्रममा ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेले । ओपनर जतिन्दरसिंह ४२ रन जोड्ने क्रममा पवेलियन फकिँदा अर्का ओपनर कश्याप प्रजापति१६ रनमा आउट भए । मोहम्मद नदिमले २४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २÷२ विकेट लिए ।
सोमवारबाट आयोजना हुने प्रतियोगिता एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । एसीसी प्रिमियर कप मंगलवारदेखि शुरु हुनेछ । नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपाल सम्मिलित समूह ए मा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । यस्तै समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एशिया कपमा भारत र पाकिस्तान खेल्ने मौका पाउनेछन् ।
कमेन्टस् 0